समाज

कर्णाली करिडोरमा जिप दुर्घटना १२ जना घाइते

कर्णाली करिडोर अन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। 

सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाँता गाउँपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पताँलाका स्थानीय घाइते भएका हुन्।

घाइतेमध्ये सिकिस्त ६ जनालाई थप उपचारका लागि  सुर्खेत रिफर गरेको छ,भने अन्यको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। 

जिप सडकबाट ५० मिटर तल भीरमा अडकिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८१ १४:३६ शुक्रबार

#Karnali Corridor #Palanta Village #Jeep accident