समाज

कर्णाली राजमार्ग हिलाम्मे

वर्षात् सुरु भएसँगै कर्णाली राजमार्ग हिलाम्मे हुन थालेको छ। साँगुरो राजमार्ग त्यसमा पनि मर्मतसम्भार नहुँदा वर्षेनी कर्णाली राजमार्गको अवस्था दयनीय हुन थालेको हो। जसले गर्दा माथिल्लो कर्णालीको यात्रा सास्ती हुने गरेको छ।

मुख्यत दैलेख क्षेत्रमा बढी राजमार्ग विग्रेको हो। कम बजेट हुँदा मर्मतसम्भार हुन सकेको छैन्। दैलेखको आठविस नगरपालिका क्षेत्रमा अँझ बढी हिलोधुलो हुने गरेको छ। बाढीपहिराले भत्केको समय नबनाउँदा हिलो र धुलोले यात्रुसंगै स्थानीयहरु पनि प्रभावित भएका छन्।

राजमार्गको अधिकांस ठाउँमा सडक कच्ची रहेको छ। दैलेख, जुम्ला, कालिकोट, मुगु र कर्णाली कोरिडोर भएर हुम्ला जाने यात्रुहरु कष्टकर यात्रा गनुपर्ने बाध्यता रहेको छ। मुगु गमगढीका स्थानीय रनबहादुर सेजुवालले भने, ‘न सडक भरपर्दो छ। न त हवाई सेवा नियमित छ।’

सुर्खेत पुग्दा सडकको अवस्थाले सन्चो भएको मान्छे विरामी हुने गरेको सेजुवालको गुनासो छ। मर्मतसम्भारमा कम बजेट आउँदा समस्या भएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।

पानी परेको बेला हिलो र नपरेको बेला धुलोले बस्न नसकिने अवस्था हुने गरेको राकमकर्णालीका स्थानीय विमल बोहोराले बताए।

‘कर्णाली राजमार्ग नाम मात्र भयो।’ उनले भने, सडक मर्मत भएको अहिलेसम्म थाहा पाईएको छैन्। सधै धुलो र हिलो मात्र देख्नुपर्छ।’ सडक डिभिजनले कस्तो बाटोभन्ने समेत जानकारी नदिने गरेको स्थानीय बताउँछन्। आठविस नगरपालिकाले राजमार्ग क्षेत्र भनेर मर्मतमा चासो देखाउँदैन्। जसले गर्दा राकमकर्णालीको राजमार्ग क्षेत्र ब्यवसाय गर्नेहरु बढी चिन्तित छन्।

प्रकाशित: २८ वैशाख २०८१ १०:३१ शुक्रबार

#Karnali Highway Hilamme #The road is unpaved #Road Division Office Surkhet