समाज

भियना होटलमा प्रहरीकाे छापा

सुन तस्करीसँग जोडिएको ठमेलस्थित भियना होटलमा प्रहरीले छापा मारेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ठमेलस्थित होटल भियनामा छापा मारेर तीनजनालाई नियन्त्रणमा लिएको हो।

हुन्डी कारोबारको आशंकामा ठमेलस्थित दावा छिरिंग र अमला रोकाले सञ्चालन गरेको होटलमा सिआइबीले छापा मारेपछि उनीहरु पक्राउ परेका हुन्। सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरेका छन्।

‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो। हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने।

सो होटलमा विगतमा राजश्व अनुसन्धान विभागले पनि छापा मारेका थियो। होटल सञ्चालक दावा जेलमा रहेका छन् भने अमला रोका फरार छिन्।

प्रकाशित: २५ वैशाख २०८१ १२:०८ मंगलबार

#hotel vieena #cib