समाज

सन्दीपविरुद्धको मुद्दा फेरि ‘हेर्न नमिल्ने’ मा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज हेर्न नमिल्ने सूचीमा परेको छ।

सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए। सामान्यतया यसअघि आदेश दिइसकेको न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ।

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

प्रकाशित: २३ वैशाख २०८१ १२:५० आइतबार

क्रिकेटर सन्दीप लामिछाने