समाज

गस्तीमा गएका प्रहरी असई कुटिए

स्याङ्जामा जँड्याहा समूहको कुटपिटबाट एकजना प्रहरी असई घाइते भएका छन्।

गएराति साढे १० बजे सदरमुकाम वालिङ नगरपालिका- १३ झोलुङगे बजारमा प्रहरी असई मोहन सिंह कुटिएका हुन्। 

गस्तीमा रहेका प्रहरीका असई सिंहमाथि तीन जना युवाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। सिंह थुमपोखरा प्रहरी चौकीका इन्चार्ज हुन्।

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरेकाे डीएसपी रानाको भनाइ छ। कुटपिटमा संलग्न भएको आरोपमा वालिङ नगरपालिका– १२ का २५ वर्षीय काजी गुरुङ र २४ वर्षीय सुदीप गुरुङलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी रानाले बताए।

घाइते असई सिंहको हाल पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २३ वैशाख २०८१ ११:५३ आइतबार

असई घाइते मोहन सिंह थुमपोखरा प्रहरी चौकीका इन्चार्ज जिल्ला प्रहरी कार्यालय स्याङ्जा