समाज

झापामा आक्रमणमा परेकी एनिका भन्छिन्: म माथि गोली प्रहार भयो

झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गरेकी एनिका अधिकारीमाथि आक्रमण भएको छ। परीक्षा दिएर घर फर्किँदै गरेकी एनिकामाथि शुक्रबार दिउँसो आक्रमण भएको हो।

आक्रमणमा परेकी अधिकारीले आफूमाथि गोली प्रहार भएको दाबी गरेकी छिन्। उनले आफूलाई गोली प्रहार गर्ने व्यक्ति पनि पहिचान गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

बास्तोलाले भने, 'छात्रामाथि आक्रमण भएको हो। उनले आफूमाथि गोली प्रहार गरेको दाबी गरेकी छिन्। आफूलाई गोली हानेको व्यक्ति पनि चिन्ने जानकारी दिएकी छिन्। अहिले उनको अवस्था सामान्य छ। घटनाको अनुसन्धान गरिरहेका छौँ।' 

प्रकाशित: २१ वैशाख २०८१ १५:२० शुक्रबार

एनिका अधिकारी