समाज

पत्रकार महासङ्घको २७ औँ अधिवेशन सुरु

नेपाल पत्रकार महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवेशनको उद्घाटन गरेका हुन्। अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन्।

यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको थियो। महासङ्घको २७औँ अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो।

प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरुको सहभागिता थियो। प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाललगायत सङ्घसङ्गठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। रासस

प्रकाशित: २१ वैशाख २०८१ ११:०५ शुक्रबार

अधिवेशन नेपाल पत्रकार महासङ्घ प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय परिषद् सदस्य