समाज

रामेछाप उडेको जहाज पुनः काठमाडौंमै अवतरण

काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौं नै आकस्मिक अवतरण गरिएको छ। सोमबार बिहान जहाजमा हाइड्रोलिक समस्या आएको हो।

जहाजको अवतरणमा समस्या हुने भएकाले रामेछाप अवतरण नगराई पुन: काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको विमानस्थल स्राेतले जनाएको छ।

सीता एयरको ९०६ उडान नम्बर रहेको बताइएको छ। जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो।

प्रकाशित: १७ वैशाख २०८१ ११:४७ सोमबार

काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा समस्या आकस्मिक अवतरण विमानस्थल