समाज

इलाम २ मा २० प्रतिशत खस्यो मत, अहिलेसम्म सबैतिर शान्तिपूर्ण मतदान

इलाममा भइरहेको उपनिर्वाचन मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ।

अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।

इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका बताइएको छ। अहिलेसम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको उनले बताए।

बिहान ७ बजेदेखि सुरु भएको मतदान १०:३० बजेसम्म सबैतिर शान्तिपूर्ण र मर्यादित रूपमा भइरहेको उनको भनाइ छ। उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र रहेका छन्।

प्रकाशित: १५ वैशाख २०८१ १०:३२ शनिबार

उपनिर्वाचन मतदानमा अहिलेसम्म २० प्रतिशत प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव शान्तिपूर्ण र मर्यादित रूपमा भइरहेको