समाज

विभिन्न कसुरमा फरार ६ जना पक्राउ

विभिन्न कसुरमा फरार रहेका ६ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।

राजापुर नगरपालिका– १ का २३ वर्षीय अशनिरन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतले सार्वजनिक अपराध मुद्दामा चौधरीलाई २०७२ साल चैत ९ गते पाँच हजार जरिवाना तोकेको थियो।

अदालतले जरिवाना तोकेदेखि चौधरी फरार रहेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा चौधरी आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। त्यसैगरी जालसाजी मुद्दामा फरार रहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

फरार रहेका दलबहादुर शाही, दिलबहादुर सुनार, धु्रवराज भट्टराई, पतरे कामी र गोपाल परियारलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए।

प्रकाशित: १४ वैशाख २०८१ १९:१७ शुक्रबार

कसुरमा फरार ६ जना पक्राउ इलाका प्रहरी कार्यालय राजापुर