समाज

आगलागीले क्षणभरमै उजाड बनेको झुरमुट्ट बस्ती (तस्बिरसहित)

महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा बुधवार आगलागी हुँदा १ सय घर जलेर लाखौँको क्षति भएको छ। एक सय ५० घरका परिवार क्षणभरमै टुहुरा बने। स्थानीय मैमुन खातुनको घरबाट सल्केको आगोले झुरमुट्ट बस्तीका एक सय घर खरानी बनाइदियो।  

घर नै खरानी भइसकेपछि बस्न, खान, लगाउन अहिले बिचल्ली परेको छ। महिला, बालबालिका, सुत्केरी, वृद्धवृद्धा बढी प्रभावित बनेका छन्। सक्नेले जे जे सके घरबाट सामान निकाले, नसक्नेको सबै खरानी भयो।  

आगलागी भएको करिब ६ घन्टा पछि मात्रै आगो नियन्त्रणमा आयो। आगलागीले मानवीय क्षति नभएपनि त्यसले दिएको पीडा असह्य छ।

तस्बिरमा हेरौँ आगलागी पछिको दृश्यः

महोत्तरी मटिहानी मुस्लिम बस्ती आगलागी १ सय घर जले