समाज

महोत्तरीमा भीषण आगलागी, ७० घर जले

महोत्तरीको मटिहानी नगरपालिका-६ मुस्लिमटोलमा भीषण आगलागी भएको छ। बुधबार दिउँसोबाट आगोले अहिलेसम्म यहाँका ७० भन्दा बढी घर जलेर नष्ट भएको छ।

महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार आगो नियन्त्रणमा लिन नेपाल ९ र भारतबाट १ गरी दसवटा वारुणयन्त्र चलिरहेको छ। प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी आगो निभाउने प्रयास गरिरहेका छन्।

अहिलेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको डिएसपी जैसवारले जानकारी दिए। हावा चलेका कारण आगलागी नियन्त्रणमा आउन नसकेको उनकाे भनाइ छ।

परालको कून्युबाट आगो सल्केको आगोले विशाल रूप लिएको हुनसक्ने प्रहरीको अनुमान छ।

तस्बिरहरू: सुरेन्द्र यादव/नागरिक 

प्रकाशित: १२ वैशाख २०८१ १७:०२ बुधबार