समाज

प्रविधिको क्षेत्रमा नागरिक थप सशक्त भएर अघि बढ्दै छ: सिइओ ज्ञवाली

नेपाल नागरिक रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले प्रविधिको क्षेत्रमा नागरिक थप सशक्त भएर अघि बढ्ने बताएकी छिन्।  

१६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिक मिडियालाई प्रविधिको क्षेत्रमा थप बलियो बनाउनका लागि हामी लागि रहेको बताइन्।

उनले भनिन्, ‘मेरो लागि यो निकै भावनात्मक क्षण हो। हामी नागरिकका हरेक आवाजलाई सक्रियताका साथ उठाउन सकेका छौँ। नागरिकको प्रत्यक्ष सहभागीताले हामीलाई अघि बढ्न र हरेक क्षेत्रमा आफूलाई बलियोसँग स्थापित गराउन सकेका छौँ।’

उनले हामीसँग ३ लाख ५० हजारभन्दा बढी सेयर होल्डर रहेकोमा हामीलाई नागरिकसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिन सहज भएको उल्लेख गरिन्।

प्रजातन्त्रको रक्षाका लागि नागरिक मिडिया सँधै अग्र स्थानमा रहने भन्दै उनले नागरिकका हरेक कुरालाई राख्नका लागि नागरिक मिडिया लागिरहने बताइन्।

उनले भनिन्, ‘हामीसँग ५ वटा छापाखाना छन्। हामी प्रविधिमा बढी लगानी गर्दैछौँ। सन् २०२४ मा हामी थप ४ वटा प्रविधियुक्त प्राडक्ड सार्वजनिक गर्ने तयारीमा छौँ। आशा छ तपाईंहरूले हामीलाई साथ दिनुहुनेछ।’

उनले नागरिक मिडिया कसै एक व्यक्तिको नभई यो नागरिकको सम्पत्ति भएको र तपाईँहरूले यहाँसम्म पुर्याइदिनका लागि दिनुभएको साथ सहयोग र उत्प्रेरणा गरेकोमा सबैलाई धन्यवाद दिइन्।

प्रकाशित: ११ वैशाख २०८१ १७:५३ मंगलबार

कार्यकारी निर्देशक समृद्धि ज्ञवाली