समाज

तस्कर समात्न गएको प्रहरीको बन्दुक हराएपछि...

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज प्रहरीको एक थान आधुनिक पिस्तोल (बन्दुक) हराएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जका इन्चार्ज नायब निरीक्षक पुज्य बिसीले बोक्ने आधुनिक पिस्तोल आइतबार राति हराएको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दाधीराम न्यौपानेका अनुसार आइतबार राति गाँजा तस्करलाई समात्न जाने क्रममा प्रहरी नायब निरीक्षक बिसीले बोकेको पिस्तोल हराएको हो।

गाँजा तस्करलाई समात्न जाने क्रममा वा अन्य कुनै स्थानमा सो बन्दुक हराएको हो भन्ने यकिन हुन नसकेको उनले बताए।

हराएको बन्दुक खोज्नका लागि प्रहरी टोली खटाइएको छ। हराएको बन्दुक चिन निर्मित १० राउण्डे पिस्तोल रहेको प्रहरीको भनाइ छ। 

प्रकाशित: ११ वैशाख २०८१ १२:२७ मंगलबार

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज १० राउण्डे पिस्तोल हरायो प्रहरी नायब उपरीक्षक दाधीराम न्यौपाने