समाज

अष्ट्रेलियन नागरिक मृत भेटिए

 सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा एक अष्ट्रेलियाका नागरिक मृतावस्थामा फेला परेका छन्।

गत पुस ४ गतेबाट बेपत्ता भएका ४३ वर्षीया अष्ट्रेलियाका नागरिक मुर्कंस इस्चेट आज खुम्बु पासाङल्हामु गाउँपालिका–४ को लोबुचेमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

बिहान करिव ८ बजे भेटिएको उक्त शव फिस्टेल एयरको हेलिकप्टरबाट लुक्ला ल्याई आवश्यक प्रक्रिया पूरा गरी आजै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक अधिकारीले बताए। रादुल एक्सप्रेसन कम्पनीमार्फत लुक्ला आई लोबुचे हिमाल आरोहण गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
 

 

प्रकाशित: ६ चैत्र २०७४ १४:१८ मंगलबार