समाज

डोल्पाको जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु

धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ। आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो।

मूल्य अभिवृद्धि करसहित छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए। धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो।  

धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए। यो डोल्पाको एकमात्र विमानस्थल हो। -रासस

प्रकाशित: ९ वैशाख २०८१ ११:०४ आइतबार

धावनमार्ग मर्मत पूरा जुफाल विमानस्थल तारा एयरको विमान अवतरण इन्जिनियर वीरप्रसाद शाही