समाज

विपिनको रिहाइका लागि प्रधानमन्त्रीसँग परिवारको आग्रह

हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे। रासस

प्रकाशित: ७ वैशाख २०८१ ०९:०० शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल हमासको कब्जामा विपिन जोशी विपिन जोशीको परिवार