समाज

मोरङमा र्‍याली, भेला र प्रदर्शन गर्न रोक

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सूचना जारी गर्दै  जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको जानकारी दिएका हुन्।

विराटनगर १५ र १७ नम्बर वडामा बुधवार दुई समूहको झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो।

प्रकाशित: ६ वैशाख २०८१ १३:४८ बिहीबार

जिल्ला प्रशासन कार्यालय मोरङ