समाज

१ सय ५२ बोरा प्याज र ३२ थान मोबाइल प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ। मङ्गलवार राति जिल्लाको शहिदनगर नगरपालिका–२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।

शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिईएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मुल्याङ्कन गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधवार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका–६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोवाईल बरामद गरेको छ।

मोटरसाइकलमा ल्याउँदै गरेको मोवाईलको मूल्य ५ लाख ३५ हजार र मोटरसाईकलको १ लाख मूल्य कायम गरी आवश्यक कारबाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ।

प्रकाशित: ६ वैशाख २०८१ ०७:४२ बिहीबार

सशस्त्र प्रहरी बल नेपाल धनुषा १ सय ५२ बोरा प्याज ट्रक नियन्त्रणमा शहिदनगर नगरपालिका