समाज

सल्यानमा बस दुर्घटना, १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुदाँ १४ जना घाइते भएका छन्। बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो।  

तुलसीपुर उपमहानगरपालिकाका ३८ बर्षिय पुर्ण रानाले चलाएको बस पल्टिएर सडकबाट तल खसेको छ। १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। १० जना भने सामान्य रहेकाे छ।  

अहिले प्रहरी र स्थानीयहरुकाे पहलमा उद्धारको काम भैरहेको जनाएकाे छ। घाइतेहरुलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको डिएसपी कार्कीले जानकारी दिए। थप विवरण आउन बाँकी छ।

प्रकाशित: ५ वैशाख २०८१ ११:४६ बुधबार