समाज

२३ किलो चरेससहित एकजना पक्राउ

लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार बिहान लागु औषध चरेससहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्ने रुकुम पश्चिम सानोभेरी गाउँपालिका–५ का ३४ वर्षिय बम बहादुर पुन रहेका छन्। पुन शंकास्पद रुपमा मंगलबार बिहान पौने ४ बजे भारत तर्फ गईरहेका थिए।

प्रहरीले पुनलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा दुई वटा झोलामा रहेको ३९ प्याकेट २३ किलोग्राम लागु औषध चरेस बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक चित्राङगत दाहालले जानकारी दिए।

प्रकाशित: ४ वैशाख २०८१ १५:३२ मंगलबार

लागुऔषध बढैयाताल गाउँपालिका–२ फुटाहा सशस्त्र प्रहरी उपरीक्षक चित्राङगत दाहाल