समाज

तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार सोमबार राति १० बजेर ४० मिनेटको समयमा जितपुर सिमरा उपमहानगरपालिका-२ दुरसञ्चार नजिक पथलैयाबाट विरगञ्जफर्त जादैँ गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो।

प्रहरी जवान परियारको उपचारको क्रममा परवानीपुरस्थित एल.एस.न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जनाइएको छ।

ट्याङ्करलाई नियन्त्रणमा लिएको छ भने ट्याङ्कर चालक फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ४ वैशाख २०८१ ०९:५७ मंगलबार

जिल्ला प्रहरी कार्यालय बारा प्रहरी जवानको मृत्यु डिएसपी दधिराम न्यौपाने