समाज

सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्चले माग्यो पीडित गौशाला २६ को जन्मदर्ता

उच्च अदालत पाटनले सन्दीप लामिछानेको जर्बजस्तीकरणी सम्बन्धी मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता मगाउने आदेश गरेको छ।

न्यायाधीशहरु मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति गाउँपालिकाको कार्यालयबाट मगाउने आदेश गरेको हो। 

यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ लाई बालिग ठहर गरेको थियो। 

प्रकाशित: ३ वैशाख २०८१ १८:१८ सोमबार

उच्च अदालत पाटन सन्दीप लामिछाने