समाज

चार ट्रयाक्टरसहित एक जेसिबी नियन्त्रणमा

सर्लाही प्रहरीले चार ट्र्याक्टर र एक जेसिबी नियन्त्रणमा लिएको छ। खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उठाउँदै गरेका ट्र्याक्टरहरु र उत्खनन गर्दै गरेको जेसिबीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।

सर्लाहीको ईश्वरपुर नगरपालिका ८ मा रहेको फुलजोर र कालिन्जोर खोलाको दोभानबाट प्रहरीले ट्र्याक्टर र जेसिबीलाई कारबाहीका लागि नियन्त्रणमा लिएको हो।

ठेक्का नै नलागेको स्थानबाट अवैध रुपमा बालुवा उठाइरहेका सबारी साधनहरुलाई इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरी टोलीले पाँच सवारी साधनलाई नियन्त्रणमा लिएर ईश्वरपुर नगरपालिका कार्यालयलाई कारबाहीका लागि बुझाएको छ।

प्रहरीले प्रदेश २–०३–००१ त ४४५०, प्रदेश २–०२–००१ त ०२५७, ज २ त ३८३ र ना ४ त ९०८९ नम्बरको ट्र्याक्टर तथा ना १ क ८२७९ नम्बरको जेसिबी नियन्त्रणमा लिएर कारबाहीका लागि ईश्वरपुर नगरपालिकामा बुझाइएको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित: २९ चैत्र २०८० ११:२४ बिहीबार

चार ट्रयाक्टर जेसिबी प्रहरी नियन्त्रणमा