समाज

अर्घाखाँचीमा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालकको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।

पाणिनी गाउँपालिका ८, कोलडाँडामा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा ज्यान गएको हो।

दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। सन्धिखर्कबाट पाल्पा हुँदै पोखरा जाने क्रममा ग ३ च ४५७४ नम्बरको स्करपियो दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका ८ का ३४ वर्षिय ईश्वरी क्षेत्री (चालक), उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री, उनकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका १२ कि ३० वर्षिय सविता अधिकारी, पोखरा १२ का १५ वर्षिय प्रजोल कंडेल, पोखरा कै ४२ वर्षिय गिता कँडेल र १० वर्षिय जेशन बस्नेत रहेको प्रहरीले जनाएको छ।

गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०८० १२:३२ बुधबार

ट्याक्सी दुर्घटना