समाज

नेपालगन्ज कारागारका एक कैदीको मृत्यु

नेपालगन्ज कारागारका एक जना वृद्ध थुनुवा (कैदी) को मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयाघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले जानकारी दिए।

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक जोलाह तीन महिनाअघि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पुर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएका कारागार कार्यालयले जनाएको छ।

गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार चलान भएका थिए।  रासस

प्रकाशित: २१ चैत्र २०८० १७:५० बुधबार