समाज

कास्की जीप दुर्घटना: दुई जनाको मृत्यु, १० घाइते (अपडेट)

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको भदौरे देउराली नजिकैको थामडाँडामा आज दिउँसो ३ः५० बजेको समयमा दुर्घटना भएको हो।

दुर्घटनामा अन्य १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घाइतेहरूको उद्धार गरि उपचारका लागि पोखरा ल्याइएको छ।

दुर्घटनाग्रस्त जीप सडकबाट करिब २ सय मिटर तल खसेको अवस्थामा छ। उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय खटिएका छन्।

प्रकाशित: १८ चैत्र २०८० १८:०४ आइतबार