समाज

भिरबाट लडेर बालिकाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णीमा भोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरव सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन्।

प्रकाशित: १८ चैत्र २०८० १४:४६ आइतबार

मकवानपुर सुधाक पूर्णीमा भोम्जन प्रहरी