समाज

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेल रहेकी छिन्।

दैलेखका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार चट्याङ लागेर घाइते भएकी कँडेलको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उनका अनुसार शनिवार दिउँसो २ः ४० तिर परेको चट्याङ लागेर उनी घाइते भएकी थिइन्।

घर नजिकै बाख्रा चराउन गएको र बाख्रा चराउँदै गर्दा हावा हुरीसहित आएको चट्याङले तीनि घाइते भएकी थिइन्।

प्रकाशित: १८ चैत्र २०८० १०:०७ आइतबार

दैलेख चट्याङ एक बालिका बालिकाको मृत्यु भैरवी गाउँपालिका खेमराज भुसाल