समाज

पोखरामा बस दुर्घटना,दुई जना घाइते

पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन्। उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए। अचम्मै भएको छ। बस सडकमा ठाडै उभिएको छ। अहिले बस दुर्घटना भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

प्रकाशित: १७ चैत्र २०८० ११:४३ शनिबार

पोखरा लेखनाथ अर्चले बस दुर्घटना