समाज

एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जना विरुद्ध भ्रष्टाचार मुद्दा

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षसहित २० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले बिहीबार पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

आयोगले प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्ललाई पनि प्रतिवादी बनाएको छ।

उनीहरू उनीहरूविरूद्ध आयोगले ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरेको छ।

सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेट भाषण मार्फत विदेशबाट चोरी गरेर नेपाल ल्याइएका मोबाइल सेट प्रयोगलाई निरुत्साहित गर्न एमडीएमएस प्रणाली लागु गर्ने घोषणा गरेको थियो। यही प्रणाली खरिदमा भ्रष्टाचार भएको भन्दै आयोगले मुद्दा दायर गरिएको हो। 

प्रकाशित: १५ चैत्र २०८० १७:०० बिहीबार

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस अनियमितता अख्तियार दुरुपयोग अनुसन्धान आयोग