समाज

काठमाडौंमा गएरातिदेखि नै वर्षा, अन्य ठाउँमा के हुन्छ ?

काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १५ चैत्र २०८० ०६:३८ बिहीबार

जल तथा मौसम विज्ञान विभाग वर्षा