समाज

त्रिविका उपप्राध्यापकमाथि आक्रमण गर्ने लामा जेल चलान

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका रविन लामा जेल चलान भएका छन्।

आज जिल्ला अदालत काठमाडौंले लामाविरुद्ध कैद पुर्जी जारी गरेको हो। लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखाबाट मंगलबार प्रकाउ गरेको थियो।

जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो।

प्रकाशित: १४ चैत्र २०८० १८:३६ बुधबार