समाज

करेन्ट लागेर महिलाको मृत्यु

जनकपुरमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

आज बिहान करिब ५ः ४५ बजे तिर चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएकी उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रवक्ता अवाका अनुसार उपचारका लागि ती महिलालाई जनकपुरधामस्थित न्यूरो अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल ती महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।  

प्रकाशित: १३ चैत्र २०८० १०:४४ मंगलबार

जनकपुरधाम उपमहानगरपालिका जनकपुर करेन्ट एकजना महिलाको मृत्यु मृत्यु डीएसपी रञ्जन अवा