समाज

एमालेको सचिवालय बैठक सुरु

फाइल तस्बिर

नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।

बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल,उपाध्यक्ष,अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे,महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले सहभागि छन्। 

बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ। साथै  राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी,उपनिर्वाचन लगायतका विषयमा छलफल हुने जनाएको छ। नेताहरुले  बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन्। 

प्रकाशित: ११ चैत्र २०८० १३:५३ आइतबार

अष्टलक्ष्मी शाक्य ईश्वर पोखरेल नेकपा एमाले केन्द्रिय कार्यालय च्यासल केपी शर्मा ओली सुरेन्द्रप्रसाद पाण्डे शंकर पोखरेल