समाज

जबर्जस्ती करणीकाे आरोपमा वडाध्यक्ष पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार साँझ प्रहरीले वडाध्यक्ष बास्तोलालाई पक्राउ गरेको हो।

२० वर्षीया महिलाले जबर्जस्ती करणी भएको जाहेरी दिएपछि वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम आर्यालले बताए।

प्रहरीका अनुसार वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ९ चैत्र २०८० १७:३१ शुक्रबार

जबर्जस्ती करणी कृष्णप्रसाद बास्तोला वडाध्यक्ष बाँसगढी नगरपालिका– ४ पक्राउ