समाज

बैतडीमा एकजना पुरुष मृत फेला

बैतडीमा एकजना पुरुष मृत फेला परेका छन्। पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

उनी गत फागुन १९ देखि हराइरहेका थिए। र, बुधबार नौलीगाड भन्ने स्थानमा मृत फेला परेको प्रहरी प्रवक्ता जोशीले बताए। स्थानीयहरुले बोहरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

मानसिक अवस्था ठीक नभएका बोहरा गएको फागुन १९ गते पसल जान्छु भनेर घरबाट हिँडेको बताइएको छ।

घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

प्रकाशित: ८ चैत्र २०८० १०:०८ बिहीबार

बैतडी एकजना पुरुष मृत फेला पुर्चौंडी नगरपालिका गैरागाउँ जिल्ला प्रहरी कार्यालय बैतडी नन्दराज जोशी