समाज

डिजेल छर्केर जिउँदै आगो लगाउने प्रयास

चितवन- भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजेल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ।

अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छे चोक नजिकै डिजेल छर्केर आगो लगाउने प्रयास भएको हो ।

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भने, “डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।” आफू भाग्न नसकेको भए आगो समेत लगाउने सापकोटाले बताए।

मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले भने– “तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्कोले यहीँ हो भन्यो र मलाई समाए ।” १९-२० वर्ष उमेरको एउटा र ३५-३६ वर्षको अर्को एक व्यक्तिले आफूलाई समाउने र डिजेल खन्याउने गरेको उनले बताए। सँगै अर्को मोटरसाइकलमा दुईजना भए पनि ती कस्ता थिए आफूले अनुमान लगाउन नसकेको उनले बताए।रासस

प्रकाशित: ३ चैत्र २०७४ ०७:०४ शनिबार