समाज

अन्धकार उपत्यकामा वर्षा

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न स्थानमा पानी परिरहेको छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र आज दिनभर मौसम बदली रही पानी पर्ने छ।

उनले बिहानैदेखि काठमाडौैँ उपत्यकाको मौसम परिवर्तन भइ आकाशमा कालो बादल लागिरहेको बताए।

काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशको सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोकलगायतका  जिल्लामा पनि पानी परिरहेको छ।

मैसमविद् अधिकारीका अनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ भने मधेस प्रदेशका विभिन्न जिल्लामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

प्रकाशित: ७ चैत्र २०८० १०:१५ बुधबार

काठमाडौं उपत्यका जल तथा मौसम विज्ञान विभाग कोशी मधेश सञ्जीव अधिकारी