समाज

प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

कथाकार परशु प्रधानको निधनप्रति सभामुख देवराज घिमिरेले दुःख व्यक्त गरेका छन्। उनले कथाकार प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उनको असामयिक निधन भएकामा दुःख व्यक्त गरेका छन्।

‘कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु’, सभामुखले भने, ‘नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु।’ रासस

प्रकाशित: ६ चैत्र २०८० ०९:२० मंगलबार

परशु प्रधान कथाकार परशु प्रधान सभामुख देवराज घिमिरे