समाज

लम्जुङका सिडियो अधिकारी मन्त्रालय तानिए

गृह मन्त्रालयबाट लम्जुङको सिडियो भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ।

मन्त्रालयमा सूचना अधिकारीका रुपमा कार्यरत रहेका अधिकारी गत ३ माघमा लम्जुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए।

उनलाई किन तानियो भन्ने विषयमा हालसम्म मन्त्रालयले कुनै कारण खुलाएको छैन।

प्रकाशित: ५ चैत्र २०८० ०९:२८ सोमबार

लम्जुङ गृह मन्त्रालय सिडियो उपसचिव उमाकान्त अधिकारी उमाकान्त अधिकारी