समाज

सरकारले सुनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा आयोग बनेको थियो। उक्त आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।  

प्रकाशित: २ चैत्र २०८० १८:५० शुक्रबार

सुन तस्करी