समाज

बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैनः सभापति खान

उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताएको छ। शुक्रवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो।  

सभापति खानले भने,सरकारले बजारलाई सुरक्षित,मर्यादित,नियमित र संरक्षित गर्न सक्नुपर्ने बताएका छन्। मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह भएको छ। उत्पादन वृद्धि,वितरण गरी उपभोक्ता माझ पु¥याउने कुरालाई सरकारले नियमन गर्न सक्यो भने,मात्रै बजार सुरक्षित,नियमित र असल हुने विश्वास व्यक्त गरे।  

उनले भने,‘जबसम्म बजारमा सुशासन आउँदैन तबसम्म देशमा सुशासन आउँदैन । यो कुरा निश्चित हो । जुनसुकै तहको बजार र सरकार किन नहुन। सरकारले बजारलाई सुरक्षित,मर्यादित,नियमित र संरक्षित गर्न सक्नुभएन भने मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह हो । मुलुकमा उत्पादन बढाउन आवश्यक छ भने वितरण र उपभोगसम्म पुग्नु राम्रो कुरा हो।  

तीनवटै कुरालाई सरकारले नियमन गर्न सक्यो भने बजार सुरक्षित,नियमित र असल हुन्छ । बजार असल हुने बित्तिकै सम्पूर्ण जनता पनि सुरक्षित हुन्छौं । सबै जनाले महशुस गर्नु भएको छ। राज्य उपभोक्ताको विषयमा निहिर्य हुनुहुँदैन । कमजोर बन्नु हुँदैन । बाल प्रवृति देखाउनुहुँदैन। राज्यले बाल प्रवृति देखाउँदा उपभोक्ता र उपभोग्य वस्तुमा गुणस्तरहिनता आउनु स्वभाविक हुन्छ । खानेकुरा देखेपछि उतै लम्कने राज्यलको प्रवृति हटाउनुपर्छ।  

राज्य निर्मम भएपछि मात्रै मुलुकमा सुशासन कायम गर्नसक्छौं। यसबाट मात्रै न्याय दिनसक्छौं। उपभोक्ता र उपभोग्य वस्तुसम्बन्धि भएका नियम,कानूनहरु समयमा नै कार्यान्वयन र संशोधन गरे मात्रै कानूनी राज्यको जनतामा आभास हुन्छ। राज्यका सबै निकायले बुझ्नुपर्छ। सरकारहरु प्रलोभनमा परेर काम गरेको छ। राज्यले नियमन गर्न खुट्टा कमाउनु हुँदैन।’

प्रकाशित: २ चैत्र २०८० १६:०६ शुक्रबार

बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने सरकारले बजारलाई सुरक्षित मर्यादित नियमित र संरक्षित गर्न सक्नुपर्ने राज्य उपभोक्ताको विषयमा निहिर्य हुनुहुँदैन