समाज

बढ्न थाल्यो गर्मी, भैरहवाको तापक्रम ३४.५ डिग्री पुग्यो

देशका विभिन्न जिल्लामा तापक्रम बढ्न थालेको छ। हिउँद ऋतु सकिँदै गर्दा नेपालका तराई क्षेत्रका जिल्लाहरूमा गर्मी बढ्न थालेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा तापक्रम बढ्ने क्रम उकालो लाग्न थालेको छ। महाशाखाका अनुसार यो साता भैरहवामा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ।

महाशाखाका अनुसार बुधवार भैरहवाको तापक्रम यो ३४.५ डिग्री मापन गरिएको हो। फागुन लागेपछिको यो उच्च तापक्रम रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।

उनका अनुसार बुधवार जनकपुरको तापक्रम ३४.४ तथा नेपालगञ्जको ३१.६ डिग्री सेल्सियस मापन गरिएको छ।

उनले तराई क्षेत्र तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेका छन्।

अब विस्तारै बिहान बेलुका हल्का जाडो हुने र दिउँसो तापक्रम उच्च हुँदै जाने भएकाले मौसमी प्रभावबाट जोगिन पनि उनले आग्रह गरे।

प्रकाशित: १ चैत्र २०८० १०:३८ बिहीबार

गर्मी तापक्रम तराई क्षेत्र मौसम पूर्वानुमान महाशाखा पूर्वी तराई भैरहवा ३४.५ डिग्री