समाज

प्रहरीको सुरक्षामा फेरी चल्यो वीरेन्द्रनगरमा डोजर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा अवैध सञ्चालन गरिएको व्यापारिक सटरहरू भत्काउन लागेको डोजरमाथि ढुंगामुढा भएपछि केही घण्टा रोकिएको थियो। सुरक्षाकर्मीको सहयोगमा नगरको डोजर फेरी चलेको हो।

डोजरले वीरेन्द्रनगरको हटिया लाइन, हङकङ बजार र गोदाम लाइन क्षेत्रमा व्यवसायीक सटरहरू भत्काएको छ। डोजरले घण्टाघर तर्फबाट संरचना भत्काउन सुरु भएको थियो।

डोजरले सुरक्षाकर्मीको सहायताले सटर भत्काउन थालेसँगै व्यवसायीहरूले आफ्नो सामानहरू लैजान थालेका छन्। बिहीबारसम्म सबै पसलका सामानहरू खाली हुने जनाइएको छ।

यहाँ केही पसलहरूले अटेर गरेको पाइएको छ। ती पसल बन्द गरेका छन्। बन्द पसलहरूमा बिहीबार डोजर चल्ने जनाइएको छ।

प्रकाशित: ३० फाल्गुन २०८० १७:४५ बुधबार

कर्णाली प्रदेश वीरेन्द्रनगर