समाज

गृह सचिवमा एकनारायण अर्याल

सरकारले गृह मन्त्रालयको सचिव फेरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव एकनारायण अर्याललाई लग्ने निर्णय गरेको एक मन्त्रीले बताए।

अहिले गृहमा दिनेश भट्टराई कार्यरत छन्। उनलाई अर्यालको ठाउँमा लगिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। 

अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय लगायतका विभिन्न मन्त्रालयमा काम गरिसकेका छन्। 

प्रकाशित: २८ फाल्गुन २०८० १८:५१ सोमबार

सचिव एकनारायण अर्याल