समाज

फिल्म ‘पुजार सार्की’ मा प्रदीपको लुक्स

अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ।

फिल्ममा उनले मैतबहादुर नामक पात्रको भूमिका निर्वाह गरेका छन्। जसमा प्रदीप विल्कुलै फरक अवतारमा देखिन्छन्।

उनी विवाहमा दमाहा बजाउने ‘दमाई’ को रुपमा खुलेका छन्। लामो कपालमा कालो टोपी र कालै रंगको स्टकोट लगाएका प्रदीपको लुक्स छ।

निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने कथा पेश गर्छ। प्रदीपसँगै पल शाह र आर्यन सिग्देल पनि प्रमुख भूमिकामा छन्।

‘पुजार सार्की’को छायांकन कास्की जिल्लाको कास्कीकोटमा भइरहेको छ। विकास सुवेदीले यो फिल्म लेखेका हुन्।

प्रकाशित: २७ फाल्गुन २०८० १४:१० आइतबार

अभिनेता प्रदीप खड्का फिल्म ‘पुजार सार्की’