समाज

११ लाख रकमसहित चारजना पक्राउ

प्रहरीले लुकाइछिपाइ ल्याएको एक लाख ५० हजार रकमसहित चारजनालाई नियन्त्रणमा लिएको छ।

हेटौँडा– १५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ नम्बरको भारतीय कारको सिटमुनि अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए।

रकमसँगै कार चालक भारत बिहार सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० को राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, सुनसरी कोशी गाउँपालिका– ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताए। –रासस

प्रकाशित: २७ फाल्गुन २०८० १३:२५ आइतबार

पक्राउ ११ लाख रकम प्रहरी टोली जिल्ला प्रहरी कार्यालय मकवानपुर