समाज

मोटरसाइकलसहित पुलमुनि यादवको शव फेला

कुनौली–राजविराज सडक खण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ। राजविराज नगरपालिका– १६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

पुलमुनि मधेस प्रदेश ३०६१ नम्बरको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परी ज्यान गएको हुन सक्ने प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। कुन कारणले कसरी दुर्घटना भयो भन्ने अहिलेसम्म खुलेको छैन, तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ।  

पुलको तल शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। –रासस

प्रकाशित: २६ फाल्गुन २०८० १४:३३ शनिबार

कुनौली–राजविराज सडक खण्ड दुर्घटना मृत अवस्था