समाज

खसेको ढुङ्गाले लागेर एकजनाको मृत्यु

बालुवा उत्खननका क्रममा माथिबाट ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।

सिगास गाउँपालिका– ५ का ५४ वर्षीय प्रेमसिंह धामीको मृत्यु भएको स्थानीयले बताएका छन्। गाउँमा निर्माण भइरहेको सिँचाइ इनारका लागि बालुवाको खाडलबाट बालुवा निकाल्ने क्रममा खसेको ढुङ्गाले लागेर उनी गम्भीर घाइते भएका थिए।

घाइते धामीलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीय सुर्यबहादुर बोहराले जानकारी दिए। उपचारका लागि लैजाने क्रममा मौरीबगड भन्ने ठाउँमा मृत्यु थिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

प्रकाशित: २६ फाल्गुन २०८० १३:०० शनिबार

ढुङ्गाले लागेर मृत्यु बालुवा उत्खनन बैतडीको सिगास गाउँपालिका प्रेमसिंह धामी